Section 59
राष्ट्रिय बालअधिकार परिषद्
(१) बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्द्धन गर्न नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको अध्यक्षतामा तोकिए बमोजिमको एक राष्ट्रिय बाल अधिकार परिषद् रहनेछ।
(२) परिषद्को बैठक तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।